About Portal

नेपाल सरकारको बहुक्षेत्रीय पोषण योजना, दोस्रो २०७५७६-२०७९८० कार्यान्वयनमा रहेको छ। राष्ट्रिय र स्थानीयस्तरमा नीति, योजना र बहुक्षेत्रीय समन्वयमा सुधार ल्याउन, पोषण–लक्षित तथा ‘पोषणप्रति संवेदनशील सेवाहरूको उच्चतम प्रयोग गर्ने व्यवहारमा सुधार भई अन्ततः मातृशिशु पोषणको स्थितिमा सुधार ल्याउन र आधारभूत सेवालाई समावेशी र समतामूलक ढङ्ले प्रवाह गर्नका लागि योजना कार्यान्वयमा आएको हो । यो कार्यक्रम आ.व. २०७३।७४ देखि नेपाल सरकार, युरोपियन युनियन र युनिसेफको साझेदारीमा कार्यान्वयन हुँदै आएकोमा आ.ब. 077/78 देखि युनिसेफको प्राविधिक सहयोग र युरोपियन युनियनको बजेटरी सहायता प्राप्त हुनेगरी कार्यान्वयन भएकोमा चालु आ.ब. २०७९।८० मा नेपाल सरकारको स्रोतबाट कार्यक्रम कार्यान्वयन हुने गरी बजेट व्यवस्था भएको छ।आर्थिक वर्ष २०७८।७९ मा ७२ जिल्लाका ७२० स्थानीय तहमा कार्यान्वयनमा रहेकोमा चालु आ.ब. देखि ७५३ वटै स्थानीय तहमा कार्यान्वयन हुनेगरी विस्तार गरिएको छ। जसमध्ये ३८३ स्थानीय तहमा पूर्ण प्याकेज, ९ स्थानीय तहमा आंशिक प्याकेज र ३६१ स्थानीय तहमा आंशिक प्याकेज कार्यक्रम कार्यान्वयन भइरहेको छ । कार्यक्रमको कार्यान्वयन स्थानीय तहबाट हुँदै आएको छ भने मन्त्रालयले कार्यक्रम कार्यान्वयनको लागि समन्वय, सहजीकरण, क्षमता विकास, अनुगमन तथा मुल्याङ्कनको कार्य गर्दै आएको छ। पूर्ण प्याकेज कार्यक्रम संचालन भएका स्थानीय तहहरूमा स्थानीय तहबाटै पोषण स्वयसेवक नियुक्त भई परिचालन भइरहेका छन् भने आंशिक कार्यक्रम भएको जिल्लाहरूको हकमा प्रदेश संयोजक तथा युनिसेफ नेपालको प्राविधिक सहयोग मार्फत कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्याउदै आइएको छ।